पोखरामा २९ औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

पाेखरा | साउन १९, २०८०

पोखरामा २९ औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

पोखरा:   २९ औं विश्व आदिवासी दिवस पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 


नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै २९ औं विश्व आदिवासी दिवस साउन २४ गते पोखरामा मनाउन लागेको जानकारी दिएको हो ।

 
नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सहआयोजनामा २९ औं विश्व आदिवासी दिवस पोखरामा यही साउन २४ गते मनाउन लागेका हो । 


नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष धर्मबहादुर गुरुङले संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आएको बताए ।


‘संयुक्त आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक अगष्ट ९ गतेको बसेको थियो, सोही दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आएका छौं’, उनले भने, ‘२९ औं विश्व आदिवासी दिवस साउन २४ गते पोखरामा पनि मनाउँदै छौं ।’


उनले विश्व आदिवासी दिवसको अवसरमा पोखरामा गण्डकी प्रदेशको विभिन्न जिल्लामा छरिएर रहेका आदिवासीहरुको कला संस्कृति सहितको झाँकी सहित दिवस मनाउने बताए । 


नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव सुजनकुमार लामाले जनजातिहरुलाई फुटाउने गरी अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिलाई छानविन गरी कारवाही गर्न माग गरे । 


‘आदिवासी जनजातिहरुलाई नै तोक घृणा फैलाउने र होच्याउने गरी षडयन्त्र पूर्वक अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई छानविन गरी कारवाही गर्न हाम्रो माग छ’, लामाले भने, ‘आदिवासी जनजातिहरुलाई फुटाउने षड्यन्त्र भए छ सरकारले छानबिन गर्नुपर्छ ।’


२९ औं विश्व आदिवासी दिवसको अवसरमा पोखराको मानवअधिकार चोकदेखि आदिवासीको आ–आफ्नो मौलिक पोशाकसहित पोखरा सभागृह झाँकी तथा ¥याली सहित औपचारिक कार्यक्रम सुरु हुने जानकारी दिएको छ । 
 

पोखरा:    पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ ।   नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...

थप पढ्नुहोस्

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्